SHARE
लोक पथ · मङगलबार १६ असार २०८३ १२:५२ PM · 1 मिनेट पढाइ

ललितपुरको गोदावरीमा रहेको ‘अमुल्य’ ब्राण्डको पानीमा कैफियत, विभागद्वारा उद्योगमा सिल

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं ३ मा रहेको अमुल्य ड्रिंकिङ वाटर सर्भिसेज प्रालिले बजारमा वितरण गर्र्दै आइरहेको पानीमा कैफियत देखिएपछि उद्योगमा सिल गरिएको छ । उपभोक्ताको गुनासोपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अमुल्य डिं«किङ वाटरको उद्योगमा अनुगमन गरेको थियो ।