करेण्ट लागेर रोपाइँको गोरु मर्यो
गोरखा : करेण्ट लागेर रोपाइँको काम गरिरहेको गोरु मरेको छ । सिरानचोक गाउँपालिका–४ कागबेनीस्थित खेतमा रोपाइँको काम गरिरहेको गोरु मंगलबार दिउसो १ बजे मरेको प्रहरीले जनाएको छ । सिरानचोक गाउँपालिका–४ का तिलकबहादुर गोतामेको खेतमा धान रोपाइँको काम गरिरहेको स्थानीय कृष्णबहादुर सार्कीको गोरु मरेको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।‘खेत जोतिरहेको गोरु खेतको आलिमा रहेको विद्युतको पोलमा छुन पुग्यो ।
