तीन बुँदे माग राख्दै काठमाडौं आएका सुस्ताबासीले थाले आन्दोलन
काठमाडौं : नवलपरासी सुस्ता क्षेत्रका बासिन्दाले आफूहरु नेपाली नागरिक भएको प्रमाणपत्र दिन माग गर्दै काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका छन्।आफूहरुसँग नेपाली नागरिक भएको कुनै प्रमाणपत्र र लालपूर्जा नहुँदा सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले निरन्तर दुःख दिएको भन्दै उनीहरुले काठमाडौं आएर आन्दोलन सुरु गरेका हुन् ।
