SHARE
अन्नपूर्ण · मङगलबार १६ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

ब्राउन सुगरसहित भारतीय पक्राउ, खरिद गर्न आएकाबाट चार लाख ७१ हजार बरामद

विराटनगर : विराटनगरबाट प्रहरीले ठूलो परिमाणको लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । उक्त लागुऔषध खरिद गर्न आएका युवक पनि चार लाख ७१ हजार रूपैयाँसहित पक्राउ परेका छन् । भारतबाट लागुऔषध बोकेर नेपाल प्रवेश गर्दै गरेका भारतीय नागरिक र उक्त लागुऔषध खरिद गर्न विराटनगर आएका जुम्लाका एक युवक पक्राउ परेका हुन् । पक्राउ परेका नेपाली युवकको साथबाट ४ लाख ७१ हजार रुपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।