लाइसेन्स लिनदेखि रिन्यू गर्नसम्म बागमती प्रदेशले बढायो शुल्क, पहिले भन्दा दोब्बर तिर्नुपर्ने
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन वा नवीकरण (रिन्यू) को खर्च बढाएको छ । आगामी आर्थिक वर्षदेखि लागू हुने गरी नयाँ लाइसेन्स लिने र रिन्यू गर्ने सेवाग्राहीका लागि आर्थिक भार दोब्बरले बढ्ने भएको हो ।
