SHARE
पर्दाफास · मङगलबार १६ असार २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

७ वर्षसम्म अलपत्र परेको मर्स्याङ्दी करिडोर प्रसारण लाइन डेढ वर्षमै सम्पन्न

नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ । करिब सात वर्षसम्म अलपत्र परेको मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय सहभागितामा डेढ वर्षभित्रै निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।