सेयर बजारमा उच्च गिरावट, १३ वटै समूहको उपसूचक नकारात्मक
काठमाडौं : सेयर कारोबार साताको दोस्रो दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। परिसूचक २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा झरेको छ।अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक १६.५४ अंकले घटेर २६३२.९६ विन्दुमा पुगेको थियो। सो दिन २ अर्ब ६७ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। नेप्से परिसूचक उच्च अंकले घटेपनि कारोबार रकम भने सोमबारको तुलनामा वृद्धि भएको छ।
