SHARE
लोक पथ · मङगलबार १६ असार २०८३ ०९:१५ AM · 1 मिनेट पढाइ

नारायणी किनारदेखि माइतीघरसम्म नागरिकता र लालपुर्जाको लागि सुस्ताको संघर्ष [तस्बिरहरु]

काठमाडौं । नवलपरासी (पश्चिम) को सुस्ताका सयौँ उत्पीडित बासिन्दाहरू आफ्नो मातृभूमि जोगाउन र आफ्ना आधारभूत मानव अधिकारको रक्षा गर्न काठमाडौं आइपुगेका छन् । सुस्ता बचाउ अभियानको आयोजनामा माइतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रममा उनीहरूले राज्यको चरम उपेक्षा र सीमा क्षेत्रमा भोग्नुपरेको उत्पीडनका विरुद्ध एकताबद्ध स्वर उरालेका छन् ।