नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज अघिल्लो कारोबार दिन भन्दा ०.९३ प्रतिशतले गिरावट आउँदा शेयर बजार २४.६३ अंकले घटेको हो । आज बजार बिन्दु २ हजार ६ सय ८ मा आएर रोकिएको छ ।
