ओलीको आरोप : ‘सरकारको हस्तक्षेपका कारण फिफाले एन्फालाई निलम्बन गर्यो’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले हस्तक्षेप गरेकाले अन्तर्राष्टि«य फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको आरोप लगाएका छन् । नेपाल खेलकुद महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले उक्त जिकिर गरेका हुन् ।
