SHARE
पर्दाफास · मङगलबार १६ असार २०८३ १०:१० AM · 1 मिनेट पढाइ

संघीयताप्रति प्रमुख दलहरु इमान्दार भएनन् : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले नेपाललाई संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा परिभाषित गरे पनि व्यवहारमा संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् । मंगलबार राजनीतिज्ञ एवं सरोकारवालाबीच विचार आदान—प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको तपशील बमोजिमको कार्यक्रममा बोल्दै यादवले अधिकांश प्रमुख राजनीतिक दलले संघीयताप्रति आवश्यक प्रतिबद्धता नदेखाएको बताए ।