SHARE
अन्नपूर्ण · मङगलबार १६ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

ह्वाट्सएपमा थपियो नयाँ फिचर : अब प्रयोग गर्न फोन नम्बर नचाहिने

काठमाडौं : विश्वभरका तीन अर्ब बढी प्रयोगकर्ताका लागि ह्वाट्सएपले अब अकाउन्टका लागि युजरनेम रोज्ने सुविधा ल्याएको छ । यो परिवर्तनको मुख्य उद्देश्य गोपनीयता बढाउनु हो, जसले गर्दा प्रयोगकर्ताले आफ्नो फोन नम्बर नदिई पनि ह्वाट्सएपमा अरूसँग सम्पर्क गर्न सक्ने छन् । मेटा प्लेटफम्र्सको स्वामित्वमा रहेको ह्वाट्सएपले सोमबारदेखि प्रयोगकर्ताले आफ्नो युनिक युजरनेम रिजर्भ गर्न सक्ने जनाएको छ । कम्पनीले यो सुविधा यसै वर्षको अन्त्यसम्म सबै प्रयोगकर्ताका लागि पूर्ण रूपमा उपलब्ध गराउने योजना बनाएको छ ।