जम्मू–कश्मीरमा त्यस्तो के भयो, किन छन् प्रहरी र सेना आमनेसामने ?
भारत : जुन २४ मा जम्मू–कश्मीरको किश्तवार जिल्लामा भारतीय सेना र स्थानीय प्रहरीबीच कथित विवाद र झडप भएको घटना सार्वजनिक भएको छ। यातायात विभागका एक अधिकारीले प्रहरीको सहयोगमा सेनाका एक अधिकृतले प्रयोग गरिरहेको सरकारी टोयोटा हाइलक्स एसयूभी नियन्त्रणमा लिएपछि घटना सुरु भएको हो ।त्यसपछि उक्त गाडी अठोली प्रहरी चौकीमा लगियो, जहाँ विवाद थप चर्किएको बताइएको छ । बुधबार विवाद यति बढ्यो कि सेना र स्थानीय प्रहरी आमनेसामने भए ।
