SHARE
अन्नपूर्ण · मङगलबार १६ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

लासदेखि राहतसम्म बिचौलियाको जालो

काठमाडौं : तिलोत्तमा–७, रूपन्देही घर भएकी मालती माली सोमबार दिउँसो बिजुलीबजारस्थित वैदेशिक रोजगार बोर्डको सचिवालयमा हातभरि असरल्ल कागजातसहित भेटिइन्।बोर्डका कर्मचारीसँग कुरा गर्दा पनि उनी हडबडाइरहेकी थिइन्। केही महिनाअघि यूएईमा बितेका छोरा अजय मालीको परिवारले पाउने आर्थिक सहायता लिनका लागि उनी काठमाडौं आएकी थिइन्।घरको आर्थिक अवस्था माथि उठाउन अजय अघिल्लो वर्ष यूएई पुगेका थिए। अमेरिका–इरान युद्ध सुरु भएपछि इरानले यूएईमा पनि बम खसाल्यो।