SHARE
अन्नपूर्ण · मङगलबार १६ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

लामखुट्टे धपाउन धुनी लगाउँदा आगलागी, पशुचौपाया मरे

गोरखा : लामखुट्टे धपाउन धुनी लगाउँदा आगलागी हुँदा गोरखामा पशुचौपाया जलेर मरेका छन् । भीमसेनथापा गाउँपालिका वडा नं. २ काउले निवासी झण्डबहादुर लामिछानेको गोठमा सोमबार राती आगालागी हुँदा भैँसी,पाडो,बाख्रा र बोका मरे।घर नजिकै रहेको गोठमा आगो लाग्दा एउटा भैँसी, एउटा पाडो, चारवटा बाख्रा र तीनवटा बोका जलेको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।