९ महिनामा एनसेलको आम्दानी २४ अर्ब ३३ लाख रुपैयाँ, राज्यलाई तिर्यो आम्दानीको ६०.८१ प्रतिशत कर
काठमाडौं : चालु आर्थिक वर्षको प्रथम ९ महिनामा एनसेलले आम्दानीको झन्डै ६० प्रतिशत रकम राज्यको ढुकुटीमा योगदान गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा एनसेलको कुल आम्दानी केही घटेको भए पनि राज्यलाई कर, शुल्क तथा रोयल्टी लगायतका शीर्षकमा कम्पनीले ठूलो रकम बुझाएको हो।प्राप्त तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा एनसेलले कुल २४ अर्ब ३३ लाख रुपैयाँ आम्दानी गरेको छ। त्यसमा विविध शीर्षकमा १४ अर्ब ५९ करोड रुपैयाँ भन्दा बढी राजश्व तथा शुल्क बुझाएको कम्पनीले जनाएको छ।
