SHARE
अन्नपूर्ण · मङगलबार १६ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी लामा पक्राउ

काठमाडौं : काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने दोलखा जिरी नगरपालिका–१ घर भएका ५१ वर्षीय निमा लामा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०७९ माघ ६ गतेको फैसलाले उक्त मुद्दामा विगो वापत ५ दिन कैद सजाय र १५ लाख १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–७ चावहिलबाट पक्राउ गरेको हो ।