SHARE
अन्नपूर्ण · मङगलबार १६ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

ट्याक्टरबाट खसेर युवकको मृत्यु, बस दुर्घटनामा १८ जना घाइते

विराटनगर : मोरङको छुट्टाछुट्टै स्थानमा मंगलबार एकबिहानै सवारी दुर्घटना हुँदा एक जना युवको मृत्यु भएको छ । बालबालिकासहित १८ जना घाइते भएका छन् । उर्लाबारीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको हो भने जहदा गाउँपालिकामा विहेको जन्ती बोकेको बस अनियन्त्रित भई दुर्घटनामा पर्दा अधिकांश बालबालिकासहित १८ जना घाइते भएका छन् । बिहान करिब ७ः१० बजेतिर उर्लाबारी नगरपालिका–५ को तरुण चोकमा ट्याक्टर दुर्घटना भएको हो ।