देशलाई समृद्ध बनाएर लाखौं नेपालीलाई स्वदेश फर्काउनु पर्छ : सभामुख अर्याल
काठमाडौ : सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाललाई समृद्ध राष्ट्र बनाएर बाहिर रहेका लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनु पर्ने बताएका छन् । संसद दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा सभामुख अर्यालले आगामी दिनमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गरी समृद्ध राष्ट्र बनाएर देश बाहिर रहेकाका लाखौ नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनु पर्ने बताएका हुन् ।
