प्रेमकथामा सीमाना बन्यो तगारो : आमा हिरासतमा, घरमा बालबालिका आमाको प्रतीक्षामा
भारत : ‘मायाको कुनै सीमा हुँदैन’ भन्ने गरिन्छ । तर गुजरातको आनन्द जिल्लाको लाम्भाभेलका तरुण पटेलका लागि अहिले यही सीमा सबैभन्दा ठूलो बाधा बनेको छ ।बंगलादेशकी एक महिलासँग विवाह गरेर परिवार बसाएका तरुण अहिले आफ्नो परिवार विखण्डन हुनबाट जोगाउन संघर्षरत छन् । करिब एक दशकअघि भएको यो अन्तरदेशीय विवाह अहिले कानुनी समस्यामा फसेको छ । स्थानीय प्रशासनका अनुसार ती बंगलादेशी महिला भारतमा अवैध रूपमा बसोबास गरिरहेको पुष्टि भएपछि उनलाई निर्वासन (डिपोर्ट) गर्ने प्रक्रिया अघि बढाइएको छ ।
