SHARE
अन्नपूर्ण · मङगलबार १६ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

बसपार्कबाट रतुवा मृगको उद्धार

गोरखा : गोरखाको बसपार्कबाट रतुवा मृगको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय गोरखाले मंगलबार बिहान १० बजे बसपार्कस्थित एक सुन पसलबाट मृगको उद्धार गरेको डिभिजन वन अधिकृत मदनमोहन शाण्डिल्यले जानकारी दिए । अचानक बसपार्कमा फेला परेको सो मृग करिब चार महिना उमेरको रहेको डिभिजन वन अधिकृत शाण्डिल्यले जानकारी दिए ।‘कहाँबाट आइपुग्यो, कसरी आइपुग्यो भन्ने कुरा अनुसन्धानकै विषय छ । पानी तथा हावाहुरीले अताल्लिएर भाग्दा पनि जहाँतहीँ पुग्न सक्छ ।