पश्चिम बंगालमा ठूलो दुर्घटना : रिफाइनरीमा भीषण आगलागी, २० जना गम्भीर घाइते
भारत : भारत पश्चिम बंगालको पूर्व मेदिनीपुर जिल्लाको हल्दिया औद्योगिक क्षेत्रबाट ठूलो दुर्घटना भएको छ । मंगलबार बिहान सबेरै एक तेल रिफाइनरीको नाफ्था बोक्ने पाइपलाइनमा अचानक भीषण आगलागी भएको हो । यस आगलागीमा कम्तीमा २० जना गम्भीर रूपमा जलेर घाइते भएका छन् ।प्रहरी अधिकारीहरूले यसको पुष्टि गरेका छन् । घटनापछि यस क्षेत्रको रेल सेवा समेत अस्थायी रूपमा रोकिएको छ । पूर्व मेदिनीपुरका एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार, आगोको चपेटामा परेर धेरै व्यक्ति घाइते भएका छन् ।
