अर्थ समितिको बैठक बस्दै,के छ कार्यसूची ?
काठमाडौं : संघीय संसद् प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे समितिको सभाकक्ष संसद् सचिवालय सिंहदरबारमा बस्नेछ।बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमाथि छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ। उपसमितिहरूको हालसम्मको कामकारबाहीलगायत विविध विषयमा बैठकमा छलफल हुने कार्यसूची छ।
