SHARE
अन्नपूर्ण · मङगलबार १६ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

फेरि वामपन्थी एकता, तर किन ?

नेपालको राजनीतिमा वामपन्थी एकताको बहस फेरि एकपटक केन्द्रमा आएको छ। सरकार गठन, सत्ता समीकरण र आगामी निर्वाचनको तयारीसँगै विभिन्न कम्युनिस्ट दलहरूबीच एकताको चर्चा चुलिएको छ। तर जनताले स्वाभाविक रूपमा एउटा प्रश्न उठाइरहेका छन्। के यो एकता वास्तवमै देश र जनताको हितका लागि हो, वा केही नेताहरूको राजनीतिक अस्तित्व, सत्ता र स्वार्थ जोगाउने प्रयास मात्र हो ? वामपन्थी आन्दोलनको मूल दर्शन सामाजिक न्याय, समानता, उत्पादनमुखी अर्थतन्त्र, श्रमिक–किसानको अधिकार र राष्ट्रिय स्वाधीनताको रक्षा हो।