SHARE
अन्नपूर्ण · मङगलबार १६ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

सरकारले नयाँ हवाई नीति तयार गरिसकेको छ : महानिर्देशक

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले सरकारबाट नयाँ हवाई नीति तयार गरिएको बताएका छन्। पर्यटन मन्त्रालयले सोमबार आयोजना गरेको ‘नेपालको हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षा’ विषयक संवादमा महानिर्देशक डंगोलले नयाँ हवाई नीतिको मस्यौदा विभिन्न निकायमा सुझावका लागि पठाइसकिएको जनाएका हुन्। महानिर्देशक डंगोलले नयाँ नीतिले विगतका कमजोरी सुधार गर्दै आगामी दशकहरूका लागि नेपालको उड्डयन क्षेत्रको स्पष्ट मार्गचित्र तय गर्ने बताए।