SHARE
अन्नपूर्ण · मङगलबार १६ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

विद्यार्थी संगठनलाई निषेध, प्रतिकारको तयारी

काठमाडौं : नेपालमा लोकतन्त्रको आधारस्तम्भका रूपमा विद्यार्थी संगठनहरूलाई मानिँदै आएको थियो। राजनीतिक आन्दोलन मात्र नभई शैक्षिक सुधार र जनजीविकाका सवालमा पनि विद्यार्थी संगठनहरूको भूमिका कम थिएन। राजनीतिक विश्लेषक प्रा.डा. जनार्दन आचार्य प्रजातन्त्र प्राप्तिको आन्दोलनदेखि जनजीविकाका सवालमा विद्यार्थीहरूले सरकारलाई गर्ने खबरदारीको विगत स्मरण गर्छन्।‘प्रजातन्त्र प्राप्तिको आन्दोलनमा मात्र होइन, मट्टितेल वा चिनीको मूल्यवृद्धि हुँदा पनि विद्यार्थी सडकमा आइहाल्थे।