SHARE
अन्नपूर्ण · मङगलबार १६ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को राउन्ड अफ १६ मा

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै मोरक्को राउन्ड अफ १६ मा प्रवेश गरेको छ। स्टाडियो मोन्टेरेमा भएको खेलमा पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई पराजित गर्दै मोरक्को विजयी भएको हो।पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले ७२ औं मिनेटमा गोल गरेको थियो । थप गरिएको इन्जुरी समयमा गोल फर्काउँदै मोरक्कोले खेललाई बराबरीमा ल्याएको थियो। त्यसपछि अतिरिक्त समयको ३० मिनेटमा पनि दुवै टोलीले गोल गर्न सकेनन्।