SHARE
लोक पथ · मङगलबार १६ असार २०८३ ०२:१६ AM · 1 मिनेट पढाइ

लमजुङमा मनसुन जोखिम बढेपछि राति सवारी सञ्चालनमा रोक

लमजुङ । मनसुनजन्य विपद् तथा सम्भावित पहिरो र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै लमजुङ जिल्लामा रातको समयमा प्रमुख सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले बेँसीसहर–चामे सडकखण्ड र पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत केही क्षेत्रमा असार मसान्तसम्मका लागि रातिको सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।