SHARE
लोक पथ · मङगलबार १६ असार २०८३ ०२:५१ AM · 1 मिनेट पढाइ

कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवा क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको यात्रुवाहक बस हुलाकी सडक खण्डमा अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ । बस शिवपुरी लक्जरी कोच प्रालि द्वारा सञ्चालन गरिएको थियो ।