वर्षा सुरु हुनासाथ बाढीको त्रासमा रात कटाउन विवश छन् धाप्लाङघाटवासी
बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित धाप्लाङघाटको समथर भूभागमा स्थानीयले व्यापार व्यवसायसँगै व्यावसायिक पशुपालन तथा कृषिबाली लगाउने गरेका छन् । विशेषगरी बराहपोखरी गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकावासीको वर्षौदेखिको मुख्य व्यापारिक केन्द्र धाप्लाङघाटमा किनमेल तथा आवतजावत गर्नेको दैनिक भीड लाग्ने गर्छ । खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा १८ घर स्थानीय वर्षौंदेखि बसोबास गर्दै आएका छन् ।
