SHARE
लोक पथ · मङगलबार १६ असार २०८३ ०१:२९ AM · 1 मिनेट पढाइ

आज र भोलि देशभर भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी गतिविधि थप सक्रिय भएसँगै आज र भोलि विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।