कांग्रेसभित्र एकताको सन्देशसहित देउवा समूहको अन्तिम प्रदेश भेला आज
रूपन्देही । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा निकट समूहले आज लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा आयोजना गर्दैछ । समूहले यसअघि तयारी नपुगेका कारण स्थगित गरेको भेला आज गर्न लागेको हो । यो सातै प्रदेशमा आयोजना गरिने भेलामध्ये अन्तिम भेला हो ।
