SHARE
पर्दाफास · मङगलबार १६ असार २०८३ ०१:३८ AM · 1 मिनेट पढाइ

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा लमजुङकाे बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यस वर्षको मनसुनजन्य विपद्‌बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।