एमाले उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई म्याद थपका लागि अदालत लगिएको छ । प्रहरी हिरासतमा रहेका पौडेललाई म्याद थपका लागि सोमबार अपराह्न विशेष अदालत काठमाडौंमा उपस्थित गराइएको हो । पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा गत असार ८ गते सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याइएको थियो ।
