किसानका समस्या समाधानमा सरकार गम्भीर बनोस् : अशोक चौधरी
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका वास्तविक समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । सोमबार २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको मूल समारोहलाई सम्बोधन गर्दै उनले गुणस्तरीय बीउ, मल, सिँचाइ, कृषि बीमा, राहत तथा उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए ।
