‘असारै मासको रिमझिम पानी, हिलोमा हरायो हाम्रो त जवानी’ [फोटोफिचर]
काठमाडौं । लोकभाकाका यि हरफहरूलाई चरितार्थ गर्दै तारकेश्वर नगरपालिका वडा नम्बर–३ स्थित जितपुरफेदीका खेतका गराहरू यतिबेला बेहुलीझैं सजिएका छन् । आकाशबाट झरेको झरी र खेतको हिलोलाई नै सौभाग्य सम्झँदै किसान मानो रोपेर मुरी उब्जाउने महान् अभियानमा होमिएका छन् ।
