सीमाको रक्षा गर्न नसक्ने सरकारको औचित्य समाप्त हुन्छ : भीम रावल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा गर्नु भएको बताएका छन् । उनले उक्त दायित्व पूरा गर्न नसक्ने सरकारको औचित्य नै समाप्त हुने टिप्पणी गरेका छन् ।
