SHARE
लोक पथ · सोमबार १५ असार २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा सुजन लोप्चन र राजु कटुवाल मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापतिले पार्टीको केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता सुजन लोप्चनलाई सदस्य र अधिवक्ता राजु कटुवाललाई सदस्य सचिवमा मनोनित गरेका छन् । पार्टीको विधानको धारा ३५ अनुसार गठन गरिएको केन्द्रीय निर्वाचन समितिमा उनीहरूलाई मनोनयन गरिएको हो । नवनियुक्त सदस्य सुजन लोप्चन वरिष्ठ अधिवक्ताका रूपमा परिचित छन् भने राजु कटुवाल अधिवक्ता हुन् ।