SHARE
लोक पथ · सोमबार १५ असार २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका पौडेललाई यस्तो अनुमति दिएको हो । उनलाई असार ८ गते सुर्खेत बाट पक्राउ गरिएको थियो । अदालतले त्यसबेला ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।