SHARE
लोक पथ · सोमबार १५ असार २०८३ १२:५९ PM · 1 मिनेट पढाइ

रुप्से होलिडेजले पायो भारतीय नागरिकको सिंगापुर भिसा आवेदनको आधिकारिक अनुमति

काठमाडौं । नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूका लागि सिंगापुरको भिसा आवेदन प्रक्रिया सहज बनाउँदै काठमाडौंको हात्तीसारस्थित रुप्से होलिडेजलाई आधिकारिक भिसा एजेन्टको मान्यता प्रदान गरिएको छ । दिल्लीस्थित सिंगापुर उच्चायोगले सोमबार एक विज्ञप्तिमार्फत रुप्से होलिडेजलाई आगामी दुई वर्षका लागि भिसा अप्लाई गर्ने अधिकार प्रदान गरेको हो ।