राहदानी छपाइ प्रकरणमा मुछिएका ५ जनालाई धरौटीमा छाड्न आदेश
काठमाडौं । राहदानी (पासपोर्ट) सम्बन्धी भ्रष्टाचार मुद्दामा मुद्दा चलाइएका पाँच जनालाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरूको इजलासले सोमबार यस्तो निर्णय गरेको हो । अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । त्यस्तै निर्देशक सुनिलकुमार केसीलाई ४ लाख रुपैयाँ धरौटी तोकिएको छ ।
