SHARE
लोक पथ · सोमबार १५ असार २०८३ ०१:५४ PM · 1 मिनेट पढाइ

प्रदीप पौडेलको आरोप : ‘सरकार किसान र सुकुमबासीप्रति अनुदार भयो’

रौतहट । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकार किसान र सुकुमबासीका समस्याप्रति संवेदनशील नरहेको आरोप लगाएका छन् । २३औँ राष्ट्रिय धान दिवसको अवसरमा रौतहटमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले किसानका समस्या समाधानलाई बजेटमा प्राथमिकता नदिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरे ।