SHARE
लोक पथ · सोमबार १५ असार २०८३ ०२:०३ PM · 1 मिनेट पढाइ

परराष्ट्र नीतिमा ‘तरुल’ होइन, ‘लालीगुराँस’को अवधारणा चाहिन्छ : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको परराष्ट्र नीतिलाई परम्परागत सोचबाट माथि उठाउँदै नयाँ दृष्टिकोण अपनाउनुपर्ने बताएका छन् । उनले नेपालको पुरानो ‘दुई ढुङ्गाबीचको तरुल’ भन्ने रूपक अब बदलिएको विश्व परिवेशमा सान्दर्भिक नभएको उल्लेख गर्दै यसको सट्टा ‘लालीगुराँस’ जस्तो आत्मपहिचानयुक्त र सक्रिय अवधारणा आवश्यक रहेको बताए ।