SHARE
पर्दाफास · सोमबार १५ असार २०८३ ०२:२४ PM · 1 मिनेट पढाइ

गृहमन्त्रीको अनुगमनपछि रौतहटमा तस्करीविरुद्ध प्रहरीको कडाइ, सुरक्षा व्यवस्था थप चुस्त

सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणसहित जिल्लाको सुरक्षा व्यवस्था सुनिश्चित गर्न रौतहट प्रहरी थप सक्रिय भएको छ । गृहमन्त्रीले बारा, पर्साको छड्के अनुगमन गरी तस्करी नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न कडा निर्देशन दिनुभएपछि रौतहट प्रहरीले अझ सक्रिय, जिम्मेवार र व्यावसायिक ढङ्गबाट कार्यसम्पादन गरी जिल्लावासीको मन जित्न मातहतका ‘युनिट’लाई निर्देशन दिएको हो ।