SHARE
पर्दाफास · सोमबार १५ असार २०८३ ०१:२६ PM · 1 मिनेट पढाइ

राहदानी प्रकरण : पूर्वमहानिर्देशक अर्यालसहित पाँच जना आरोपीलाई धरौटीमा छोड्न अदालतको आदेश

विद्युतीय राहदानी (ई-पासपोर्ट) खरिद प्रक्रियामा भएको भनिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित पाँचजना प्रतिवादीसँग धरौटी माग गर्ने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले साेमबार यस्तो आदेश दिएको हो। अदालतले प्रतिवादीहरूको पदीय हैसियत र संलग्नताका आधारमा धरौटी रकम निर्धारण गरेको छ।