एमाले उपाध्यक्ष पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं : विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथि अनुसन्धान गर्न ३ दिनको म्याद थप गरेको छ।न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई थप तीन दिनको म्याद थपिएको हो।सम्पत्ति शुद्धीकरण मुद्दामा पौडेल सुर्खेतबाट पक्राउ परेका थिए। उनलाई नेपालगञ्ज हँदै सार्वजनिक साधनमा काठमाडौं ल्याइएको थियो।
