SHARE
अन्नपूर्ण · सोमबार १५ असार २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

प्राइम बैकको एकल ऋण लगानीमा अरुण खोला जलविद्युत आयोजना निर्माण गर्न कर्जा सम्झौता

काठमाडौं : प्राइम कर्मसियल बैंक लिमिटेडले हिमालयन इञ्जिनियरिङ एण्ड इनर्जीद्वारा प्रवर्द्धन गरेको २ मेगावाट क्षमताको अरुण खोला दुई जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेको हो।आज सम्झौता पत्रमा बैंकका तर्फबाट डिपुटी जनरल मेनेजर नारायण प्रसाद श्रेष्ठ र कम्पनीका तर्फबाट सञ्चालक अध्यक्ष ओम प्रसाद भट्टराईले हस्ताक्षर गरेका हुन्। यस परियोजनाको अनुमानित लागत ४८ करोड ६४ लाखमा बैंकले ६१.६६:३८.३४ को अनुपातमा ऋण ३० करोड र बाँकी लागत प्रवर्द्धक कम्पनीहरूबाट जुटाइने उल्लेख गरिएको छ।