SHARE
पर्दाफास · सोमबार १५ असार २०८३ ०१:०७ PM · 1 मिनेट पढाइ

‘केही नेताको भ्रष्ट आचरणकै आधारमा कम्युनिष्ट आन्दोलनलाई असान्दर्भिक ठहर गर्न मिल्दैन’

नेकपा (एमाले)का नेता युवराज ज्ञवालीले सरकारमा पुगेका केही नेताको भ्रष्ट आचरणका आधारमा माक्र्सवाद वा कम्युनिष्ट आन्दोलनलाई असान्दर्भिक ठहर गर्न नमिल्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले व्यक्ति र सिद्धान्तलाई अलग–अलग रूपमा हेर्नुपर्नेमा जोड दिए ।