झापामा धान दिवस मनाइयो, ७ प्रतिशत रोपाइँ
झापा : झापामा २३ औं राष्ट्रिय धान दिवस विविध कार्यक्रम गरी मनाइएको छ। कृषि ज्ञान केन्द्र झापासहित विभिन्न पालिकाहरूमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी यस वर्षको राष्ट्रिय धान दिवस मनाएका हुन्। कृषि ज्ञान केन्द्र झापाले मेचीनगर नगरपालिका-१३ दुवागढीस्थित शान्ति टोलमा यस वर्ष धान दिवस मनाएका थिए। पूर्वी पाथीभरा कृषि सहकारी समूहको व्यवस्थापनमा भएको कार्यक्रममा १० कट्ठा जमिनमा प्रविधिको प्रयोग गर्दै मेसिनबाट रोपाइँ गरिएको थियो।
