SHARE
अन्नपूर्ण · सोमबार १५ असार २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आज सूचना जारी गरेर विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको हो।